कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से अक्टोबर १२ देखि
काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।
नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनु पर्ने छ । भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनु पर्ने छ । दुईदिने प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने छ ।








प्रतिक्रिया राख्नुहोस्