तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा थप एक संक्रमितको मृत्यु


रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ५५ वर्षीया पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार मृत्यु भएको उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. विष्णु गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button