धनुषामा कोरोना सङ्क्रमणका कारणले एक जना पुरुषको मृत्यु

जनकपुरधाम । धनुषा जिल्लामा कोरोना सङ्क्रमणका कारणले एक जना पुरुषको मृत्यु भएको छ ।
जिल्लाको औरही गाउँपालिका वडा नं १ पुरनदैया घर भएका वर्ष ६० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मृत्यु भएका पुरुषमा श्वासप्रश्वासको समस्या देखापरेपछि भदौ २३ गते जनकपुरधामको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालबाट पिसिआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालका संयोजक डा.जामुन प्रसाद सिंहले जानकारी दिनु भएको छ ।
कोरोनाले सङ्क्रमित भएका पुरुषको शवको व्यवस्थापन नेपाली सेनाको श्रीनाथ गणले गरेको छ । कोरोना सङ्क्रमणका कारणले हालसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
यसै बिच मृतकको सम्पर्कमा रहेका सबै जनालाई होम आइसोलेसनमा राख्ने काम भएको जिल्ला प्रशासन कार्यालय धनुषाका शाखा अधिकृत एवं सूचना अधिकारी गणेशचन्द्र मिश्रले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्