खेलाडीलाई क्वारेन्टिनमा राहत दिनका लागि गरिएको अपिल खारेज
काठमाडौं । आईपीएलको गर्भनिङ काउन्सिलले इंग्ल्याण्ड र अस्ट्रेलियाका खेलाडीलाई क्वारेन्टिनमा राहत दिनका लागि गरिएको अपिल खारेज गरेको छ ।
इंग्ल्याण्डमा जारी सिमित ओभरको सिरिज सकिएपछि युएई आउने खेलाडीहरु ६ दिन सेल्फ आइशोलेशनमा रहनु पर्ने छ ।
आईपीएलको बोर्ड अधिकारीका अनुसार सुरक्षा सतर्कतामा कुनै सम्झौता नहुने बताएका छन् । कोरोना महामारीका कारण सबै सुरक्षित रहनु पर्ने अवस्था रहेकाले केही खेलाडीले सुरुका खेलहरु गुमाउन सक्ने विषयमा फ्रेन्चाइज टिम अहिले देखि नै तयार रहन पनि भनिएको छ ।
इंग्ल्याडढ र अस्ट्रेलियाबीचको सिरिज १६ सेप्टेम्बरमा सकिने छ । जबकी आईपिएल १९ सेप्टेम्बरमा शुरु हुने छ । यदि खेलाडीहरु १७ सेप्टेम्मबरसम्म युएई पुगेमा २३ तारिखसम्म हुने खेलमा खेल्न पाउने छैनन् ।
आईपीएलमा अस्ट्रेलियाका १७ तथा इंग्ल्याण्डका १३ खेलाडी खेल्दै छन् ।








प्रतिक्रिया राख्नुहोस्