विश्व नम्बर एक बार्टीले फ्रेन्च ओपन टेनिस नखेल्ने
काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी अस्लेइग बार्टीले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् ।
कोरोना भाईरसको महामारीको कारण बार्टीले पेरिसमा हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन् । साविकको विजेता समेत रहेकी बार्टीले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । अष्ट्रेलियाकी २४ वर्षिया बार्टीले सामाजिक सञ्जालबाट आफुले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेको बताएकी छिन् ।
इन्स्टाग्राममा बार्टीले कोरोनाको महामारीलाई मध्ये नजर गर्दै यस वर्ष युरोप भ्रमण नगर्ने बताएकी छिन् । क्ले कोर्टमा खेलिने ग्राण्डस्लाम फ्रेन्च ओपन सेप्टेम्बर २७ बाट सुरु हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्