थप नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप नौ सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३२ हजार नौ सय ६४ जना रहेको प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्