तपाईँ सुन्दै हुनुहुन्छः

बोल्दे विस्थापितलाई राहत लिएर पुगे पूर्व मन्त्री तामाङ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ, लगायतले विस्थापितको घरदैलोमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ ।

अनुगमन गर्ने दौरानमा पहिरो पीडित विस्थापितलाई अस्थायी वासस्थानको लागी आवश्यक सामाग्री प्रदान गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङको पहलमा बोल्देका विस्थापितलाई राहत सामाग्री उपलब्ध गराइएको हो । सांसदसहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ सामेबार राहत सामाग्री लिएर बोल्दे पुग्नुभएको थियो ।

पहिरोले घर वास नै जोखिममा परेपछि विस्थापित स्थानीयका लागी खानेपानीको लागी पाइप, अस्थायी शौचालय र म्याट लगायतका सामाग्री प्रदान गरिएको छ । यसअघि नै जिल्ला समन्वय समितिले बोल्देका विस्थापितका लागी टेन्ट लगायतका सामाग्री व्यवस्था मिलाइसकेको छ ।

बोल्देबासीका लागी तत्काललाई अस्थायी व्यवस्थापन भए पनि उनीहरूको स्थायी वासस्थान व्यवस्थापनमा अब लाग्नुपर्ने पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङले बताउनुभयो । सांसद तामाङले अब जिल्लामा जति पनि विस्थापित भएका छन् ती बैलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको बताउनुभयो । उहाँले नमुना एकिकृत बस्तीको निमार्ण गरी विस्थापितहरूलाई स्थानान्तरण गर्न प्राविधिक सर्बेको काम भइरहेको पनि बताउनुभयो ।

स्थानीयले जङ्गली जनावरले समेत आफूहरूलाई बस्न खान नदिएको भन्दै गुनासो गरेपछि तामाङले वैकल्पिक खेतीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । पीडितहरूलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले अब सबै पालिकाका जनप्रतिनिधि भएर साझा ढङ्गले अगाडि बढ्ने छलफल भइरहेको भन्दै विस्थापित हरुको उचित व्यवस्थापनका लागि काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button