बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर, करिब ४ सयले सेवा लिए
अछाम । अछामको रामारोशन गाँउपालिकाको बाढी पहिरो प्रभावित क्षेत्रमा भएको स्वास्थ्य शिविरमा करिब ४ सय जनाले स्वास्थ्य सेवा तथा परार्मश सेवा लिएका छन् ।
स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको शिविरमा ३ सय १५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।
रामारोशन गाउँपालिका र प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको समन्वय तथा जिल्ला अस्पताल अछामको प्राविधिक सहयोगमा रामारोशनको सैनिबजार र धनेसल्लामा आयोजना गरिएको शिविरमा ५९ जनाले स्वास्थ्य परार्मश सेवा लिएका स्वास्थ्य कार्यालय प्रमुख ढुंगानाले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्वास्थ सेवा लिन असहज परिस्थिति उत्पन्न भएको बेलामा प्रभावित क्षेत्रमै गएर स्वास्थ सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाको भनाई रहेको छ ।
शिविरमा रामारोशन गाउपालिका उपाध्यक्ष सरस्वती रावल, डा. प्रेम प्रसाद ढुंगाना, अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगर, सिनियर अनमी टीका शर्मा, मनोपरामर्श रञ्जना खनाल, कृष्ण जैसी लगायतको टिम शिविरले शिविर संचालन गरेको थियो ।
विपतको समयमा गाउँ घरमै स्वास्थ सेवा पाएपछि स्थानिय नागरिक खुसी भएका छन् । आगामी दिनमा पनि यस्ता खालका स्वास्थ शिविर सञ्चालन गर्नुपर्ने स्थानीयहरुको माग छ ।








प्रतिक्रिया राख्नुहोस्