तपाईँ सुन्दै हुनुहुन्छः

सडक सम्पर्क विच्छेद रामारोशनमा सडक मर्मत शुरु

अछाम । गत भाद्र २ गते आएको बाढीका कारण सडक सम्पर्क टुटेको जयगड माझेठाना रामारोशन सडक खण्डको पुनः निर्माणको कार्य सुरु गरिएको छ ।

सडक खण्ड अन्तर्गत सेरी बगरदेखि मुजाबगर सम्मको कैलाशमा आएको बाढी र पहिरोले क्षदविक्षद भएको सडक सुचारुका लागि काम थालिएको हो ।

बाढीका कारण अधिकांश ठाउमा सडक अबरुद्ध हुँदा पैदल यात्रा समेत गर्न कठिन भएको अबस्थामा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, रामारोशन गाउँपालिका र पुर्बाधार बिकास कार्यालय अछामको समन्वयमा तत्काल सडक मर्मत गरेर यातायात सञ्चालनको लागि काम सुरु भएको रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउँद (भास्कर) ले बताउनुभयो ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले स्थलगत निरिक्षण पश्चात तत्काल सडक मर्मतका लागि निर्देशन दिएपछि अहिले सडक मर्मतको काम अगाडि बढिरहेको छ ।

करिब ६ किलोमिटर सडक मध्ये ५ किलोमिटर सडक बाढीले पुर्ण रुपमा बगाएको छ भने पहिलेको अधिकांश सडकबाट अहिले कैलाश खोला बगिरहेको छ ।

गाउँपालिकाको कार्यालय रहेको मुजाबगरसम्मका लागि अहिले लामो दूरी मंगलसैन( ठाँटीखाँद( तालि हुँदै मुजाबगर जानुपर्ने बाध्यता रहेकाले सहजतातको लागि जयगढ माझेठाना हुँदै रामारोशन सडक खण्डको मर्मतको काम अगाडि बढाईएको गाउँपालिका अध्यक्ष साउँदले बताउनुभयो ।

सडक सुचारुका लागि जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका र निर्माण व्यावसायीले डोजर सहयोग गरेकाले जति सक्दो छिटो सडक मर्मत गरेर यातायात सुचारु गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button