तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप तीन सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा दुई सय ९० जना, ललितपुरमा ३२ जना र भक्तपुरमा ३२ जना गरी आज उपत्यकामा तीन सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर दुई ९० जना महिला र छ सय ९० जना पुरुष गरी नौ सय ८० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button