तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा । पाल्पामा आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेहरूमा तिनाउँ गाउँपालिकाका आठ जना पुरुष, माथागढी गाउँपालिकाका पाँच पुरुष, रैनादेवी छहराका एक महिला र एक पुरुष र बगनासकाली गाउँपालिकाका एक पुरुष गरी १६ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

योसँगै हालसम्म पाल्पा छ सय छ  जनामा कोरोनाको संक्रमण देखिएको छ ।  थपिएका सङ्क्रमितहरू भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेनटाइनमा रहेका व्यक्तिहरू रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा पाँच सय ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button