तपाईँ सुन्दै हुनुहुन्छः

थप एक हजार ५ सय ६६ जना कोरोना संक्रमणमुक्त 

काठमाडौं । आज एकै दिन एक हजार ५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप एक हजार ५ सय ६६ जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २७ हजार एक सय २७ पुगेको प्रा.डा जोगेश्वर गौतमले जानकारी दिनुभयो ।

आज काठमाडौँ उपत्यकामा ४ सय ८ जना सहित थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौमा ३ सय २६ जना, भत्तपुरमा ४५ र ललितपुरमा ३७ जना सहित ३ सय ४९ महिला र ६ सय ९२ पुरुष गरी एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४५ हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ६ जना पुरुष र ३ महिलाको मृत्यृ भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

संक्रमणबाट काठमाडौका ३ जना, मोरङ, मकवानपुर, नवलपरासी, पर्सा, महोत्तरी र रुपन्देहीका १–१ जनाको मृत्यृ भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १७ हजार ८ सय ७० जना रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

यस्तै संक्रमितहरुमध्ये १ सय ६७  जनाको आइसियुमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले कोरोना संक्रमणका कारण सुत्केरी आमा तथा शिशुहरुमा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै निषेधाज्ञा जाीर रहेको अवस्थामा हेल्पलाइन माध्यमबाट स्वास्थ्य सुरुक्षाका सेवा प्रदान गरिरहेकोे जनाएको छ ।

हेल्प लाइन माफर्त दुर्गम ठाउँबाट हेली उद्वारसँगै १३ हजार बढी लक्षित तथा प्रभावितहरुलाइ सेवा दिइएको जानकारी दिनुहुदै स्वास्थ्य सेवा विभाग मातृ तथा नवजात शिशु शाखा प्रमूख डा.पुण्या पौड्यालले बाहिर आएका खबर जस्तो कोरोना संक्रमण अवधिमा मातृ मृत्यृदर वृद्धि नभएको बताउनुभयो ।

यस्तै डा. पौड्यालले सूत्केरी हून तथा गर्भवति अवस्थामा संक्रमण भए या नभएमा समेत अस्पताल जान आग्रह गनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button