तपाईँ सुन्दै हुनुहुन्छः

सहारा खेलकूद पत्रकारिता पुरस्कार इन्द्र पौडेललाई

काठमाडौं । सहारा खेलकूद पत्रकारिता पुरस्कार—२०७६ पत्रकार इन्द्र पौडेललाई प्रदान गरिने भएको छ ।

क्लबका सल्लाहकार एवम् अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले २० हजार पाँच सय रुपैया राशीको पुरस्कार पौडेललाई दिने गरी सिफारिस गरेको हो ।

क्लबका अध्यक्ष केशबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सिफारिसलाई अनुमोदन गरेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्लबले हरेक वर्ष पत्रकारिताका माध्यमबाट खेलकूदको विकासमा योगदान पुर्याउने र विशेष गरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

क्लबको २२ औँ वार्षिकोत्सवका अवसरमा यही भदौ ३० गते पुरस्कार प्रदान गरिनेछ ।

यसअघि सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट खेलकूद बिटमा विभिन्न माध्यमबाट समाचार सम्प्रेषण गर्ने क्रियाशील १४ जना पत्रकार एवम् सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button