तपाईँ सुन्दै हुनुहुन्छः

शनिबार रुपन्देहीमा थपिए ६६ संक्रमित

रुपन्देही । शनिबार रुपन्देहीमा ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ । परिक्षणको दायरा बढेसंगै जिल्लामा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ ।

शनिबार साँझ ५ बजेसम्म रुपन्देहीका विभिन्न ८ पालिकामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार शनिबार सबैभन्दा बढी रोहिणी गाउँपालिकामा २५ जना संक्रमित थपिएका छन् । त्यस्तै बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ८ जना, मायादेवीमा ५ जना, कञ्चनमा ६ जना, शुद्धोधनमा ६ जना, सैनामैनामा ९ जना, र तिलोत्तमामा २ जना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको शाहले जानकारी दिनुभयो । जिल्लाका विभिन्न क्षेत्रबाट ६१६ जना निको भएर फर्किसकेका छन् भने ६२७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button