तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको १ करोड बढी रकम बरामद 

वीरगञ्ज । निषेधाज्ञा र लकडाउन सँगै सिमाक्षेत्रबाट बिभिन्न बहानामा अबैध हुण्डीको रकम नेपाल भित्रीने क्रमले तिब्रता पाएको छ ।

पर्साको वीरगञ्ज, भिषुवा, बाराको बिश्रामपुर, सिम्रौनगढ, रौतहटको गौर तथा ईशनाथपुर बाट साउन यता मात्रै झण्डै १ करोड भन्दा बढी स्रोत नखुलेको रकम भारतबाट नेपाल भित्र्याउने क्रममा बरामद भएको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउनले नेपाली बजार ठप्प भएको तथा सिमानामा प्रहरीले कडाइ गरेपछि भारतबाट दैनिक लाखौँ रुपैयाँ हुन्डीमार्फत आइरहेको सुरक्षा स्रोतले जनाएको छ । सुरक्षा स्रोतका अनुसार पहिला हुन्डीका कारोबारीले नेपालबाट मरिच, केराउ, अलैँची लगायतका सामानहरू भारतमा निर्यात गर्थे । तर, अहिले प्रहरीको कडाइ र नेपालबाट भारततर्फ निर्यात बन्द भएपछि हुन्डी कारोबारीहरूले एजेन्ट नै खटाएर नेपालमा पैसा पठाउने गरेको बुझिएको छ ।

लकडाउनका कारण नेपालका बैंक तथा वित्तीय संस्था बन्द भएपनि पनि भारतबाट हुन्डी कारोबार बढेको सशस्त्र प्रहरीका प्रदेश–२ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यले बताउनुभयो । पछिल्लो केही दिनयता भारतबाट अवैध रूपमा हुने हुण्डिको कारोबार बढेको ब्रह्मचार्यले दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button