सुनसरीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

सुनसरी । सुनसरीमा आज शुक्रवार ३० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
आज शुक्रवार सङ्क्रमित हुनेहरूमा धरान उपमहानगरपालिकामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सकी ४ महिने शिशु, धरान ११ का ८५ वर्षीय पुरुष र अर्का धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यसै गरी इटहरी उपमहानगरपालिमा ८ जना पुरुष, दुहबीमा ११ जना, बराहक्षेत्रमा १ जना पुरुष, कोशी गाउँपालिकामा १ जना महिला, इनरुवा नगरपालिकामा १ महिला १ पुरुष गरी २ जना, देवानगन्जमा १ जना, बर्जुमा १ जना, गढीमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्