तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दिकोट गाउँपालिकाका १ जना महिला र तानसेन नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । तानसेन १० का दुई जना र तानसेन ११ र १४ का १/१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सङ्क्रमितहरू होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो सहित पाल्पामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । भने, २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणमा १२ गते रातीसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म पुर्‍याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button