तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ कि एक महिलाको कोरोनाको कारण मृत्यु भएको छ । ७७ वर्षीया ती महिलाको काठमाण्डौको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा मृत्यु भएको हो ।

दमको रोग भएकी उनलाई भदौ ५ गते उपचारको लागि काठमाडौँ लगिएको थियो । उनको भदौ १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । उपचारकै क्रममा भदौ १६ गते मङ्गलवार उनको निधन भएकोमा बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरिएको हो ।

यो सँगै सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । जसमा दुई महिला र दुई पुरुष रहेका छन् । नेपालमै कोरोनाको कारण पहिलो मृत्यु पनि सिन्धुपाल्चोककै एक महिला रहेकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button