तपाईँ सुन्दै हुनुहुन्छः

सिचाई सुविधाको माग गर्दै वडाबासी आन्दोलनमा

सुनसरी । सिचाई सुविधाको माग गर्दै सुनसरी इनरुवा वडा–६ मधसेका किसान आन्दोलित बनेका छन् ।

इनरुवा ६ का वडाबासीहरुले सिचाई सुविधा र नहर पैनी सफाई सहितका ७ सुत्रिय माग राख्दै बिहीबार आन्दोलनमा उत्रेका हुन् ।

किसानहरुले बिहीबार इनरुवा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा जम्मा भई नाराबाजी सहित धर्ना दिए आन्दोलित किसानहरुले धान खेतमा हाल्ने रसायनिक मल तथा सिंचाइ सुविधाको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको स्थानीय रवण कुमार फुयालले बताउनुभयो ।

इनरुवा ६ मधेसका किसानहरुलाई वडा अध्यक्ष कोषराज अधिकारीले उपेक्षा गरेकाले आन्दोलित बनेको अर्का किसान विक्रम पराजुलीले बताउनुभयो । यहाँका करीव सयको संख्यामा रहेका किसानहरुले समयमै सिंचाईको सुविधाका लागि नहर, कुलो पैनी सफाई गर्नुपर्ने, वडाको किसान पाउनु पर्ने सेवा सुविधन दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको स्थानीय युवा सुमन थापाले बताउनुभयो ।

स्थानीयबासी थापाका अनुसार इनरुवा ६ मा किसानहरुले करिव ४ सय ५० हेक्टर जग्गामा लगाएको धानबालीमा समयमा रसायनिक मल र सिंचाइको व्यवस्था नहुँदा किसानहरु बाध्य भएर आन्दोलित बनेको हो ।

सुनसरी इनरुवा नगरपालिकाको वडामा नै वडा अध्यक्षको अनियमितता र किसान प्रतिको वेवास्ता बढेकाले किसान आन्दोलनमा उत्रिएका सिकान राजेश शर्माले बताउनुभयो ।

किसानहरुको समस्याको समाधानका लागि किसान समेतको समन्वय र साझेदारी गर्ने पहल थालेको इनरुवा नगरपालिका ६ नम्बर वडाध्यक्ष कोषराज अधिकारीले प्रतिकृया दिनुभयो । वहाँले आफू पनि नगरपालिकासँग समन्वय गरी किसानहरुको समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button