तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा आज (बिहीबार) दिउँसो थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी गैंडाकोट नगरपालिकाका वडा नम्बर २ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका संचार संयोजक हरि बोहोराले जानकारी दिनुभयो । उहांँका अनुसार ती पुरुष ९ गते अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए । उनको आइसोलेसन कक्षमा आज करीब तीन बजे मृत्यु भएको हो । बिहान सोही अस्पतालमा भरतपुर महानगरपालिका वडा नम्बर ११ कि एक महिलाको मृत्यु भएको थियो ।

भदौं ९ गते अस्पताल भर्ना भएका ती पुरुषको आइसोलेसन वार्डमै मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button