चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै कोष
काठमाडौं । नागरिक लगानी कोषले एकैपटक साढे चार अर्ब रुपैयाँबढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।
कोषले सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा सो परिमाणको रकम राख्न लागेको जनाएको हो । कोषले जारी गरेको सूचनाअनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको र लगानीबाट प्राप्त प्रतिफलको चार अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।
कोषले ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एक वर्षदेखि दुई वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ । कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी भदौ २१ गते दिउँसो २ बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिइएको छ ।
बैंक तथा वित्तीय संस्थामा हाल झण्डै दुई अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्