बारा,पर्सा र रौतहटका थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि

सङ्क्रमित हुने मध्ये ६९ जना पर्साका २४ जना बाराका र १७ जना रौतहटका रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।
सङ्क्रमितको कनट्र्याक्ट टे«सिङ्गको आधारमा ५ सय ७६ जनाको स्वाब परीक्षण गर्दा आज बिहान डेढ वर्षीय बालक देखि ८० वर्षीय बुद्धसम्ममा संक्रमण देखिएको र सङ्क्रमित हुनेहरूमा ८० जना पुरुष तथा ३० जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिनुभयो ।
थप सङ्क्रमित हुनेमा पर्साको बीरगंज महानगरपालिकाका ४९ जना रहेका छन् । त्यसै गरी कालिकामाई गाउँपालिका वडा नम्बर २ का ४ जना, बहुदरमाईनगरपालीका वडा नम्बर ४ र ५ का ५ जना, पर्सागढी नगरपालिका वडा नम्बर ४ र ८ का ७ जना र पोखरिया नगरपालिका वडा नम्बर ४ र १० का ४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता चौरसीयाले बताउनुभयो ।
त्यसै गरी बीरगंज महानगरपालिकाको वडा नम्बर ४ मा १ जना, वडा नम्बर १० मा ३ जना, वडा नम्बर ८ मा ७ जना सङ्क्रमित थपिएका छन् । त्यसै गरी वडा नम्बर १३ मा ४ जना, वडा नम्बर १८ मा १ जना, वडा नम्बर २१ मा ७ जना, वडा नम्बर ११ मा ४ जना, वडा नम्बर १७ मा २ जना, वडा नम्बर २ मा २ जना जयाँ सङ्क्रमित आजै थपिएका छन् । यसै गरी वडा नम्बर १२ मा १ जना, वडा नम्बर १६मा २ जना वडा नम्बर १५ मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसीयाले बताउनुभयो ।
यसै गरी बारामा कलैया उपमहानगरपालिकामा २४ जना मा संक्रमण देखिएको छ भने रौतहटको यमुनामाई नगरपालिकाको वडा नम्बर ३ मा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर चौरसीयाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्