अनजानमा भएको संक्रमणले परिवारलाई नै पीडा

दोलखा। उनी स्वास्थ्यकर्मी हुन्, आफुलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा उनी अनभिज्ञ छिन् । अनजानमा भएको कोरोना संक्रमणको पीडा भने उनले जीवनभरी नभुल्ने गरी भोगेकी छन् ।
दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ की उनै स्वास्थ्यकर्मी बुधवार प्रस्तावित चरिकोट अस्पतालबाट कोरोनालाई जितेर घर फर्कदै गर्दा निक्कै भावकु बनिन् । बलिन्द्र आशुलाई रोक्न नसकेको उनले आफु कोरोना संक्रमित बनेर अस्पतालको आईसोलेशनमा संघर्ष गरिरहदा आफ्नो औसला बढाउने र सहयोग गर्नु पर्ने जमातले समेत घर परिवार र स्वयम आफुलाई समेत अनावश्यक रुपमा मानसिक तनाव दिएको भन्दै गुनासो गरिन् ।

कोरोना जित्न सकिन्छ तर समाजले दिने पीडा असाधारण भयो उनले भनिन् – कमसेकम समाजले सहयोग गर्न नसकेपनि पीडा दिने र असहयोग गर्ने काम बन्द गर्नुपर्छ । भदौ ६ गते कोरोना संक्रमन भएको रिर्पोट आएदेखिको ११ दिनको अवधिमा आफुले र आफ्नो परिवारले भोग्नु परेको मानसिक पीडाको क्षतिपूर्ति कतैबाट हुन नसक्ने उनी बताउछिन् ।
बुधवारनै कोरोनालाई जितेर घर फर्कन लागेका एनजिओकर्मी युवाले पनि दह्रो आत्मबल र अस्पतालका स्वास्थ्यकर्मीहरुको सहयोगले सजिलै कोरोनालाई पराजित गरेको बताए ।

रोनालाई सजिलै जित्न सकियो उनले भने – तर समाजले अझै पनि कोरोना संक्रमितलाई गर्ने व्यवहारमा परिर्वतन भै नसकेकोले त्यहि समाजमा पूर्नस्थापित कसरी हुने भन्ने चिन्ताले सताएको छ । कोरोना जितेर काममा फर्कने सबैलाई सरकार, स्थानिय निकाय र कार्यरत संस्थाले समाजमा पूर्नस्थापित गर्न भूमिका खेल्नु पर्ने ती युवकको आग्रह छ ।
बुधवार सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालको आईसोलेसनबाट दुई जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मी र चार जना एनजिओकर्मी गरी सात जना (चार जना महिला र तीन जना पुरुष) कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । उनीहरुलाई स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झा, अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा विनोद दंगाल, प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) को प्रमुख डा रिना लामिछाने, भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्का लगायतका स्वास्थ्यकर्मीहरुले विदाई गर्नुभएको थियो ।
प्राथामिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) को प्रमुख डा रिना लामिछाने कोरोना संक्रमितहरुलाई स्वास्थ्यकर्मी, परिवार र समाजले राम्रो व्यवहार, हौसला र सहयोग गर्ने हो भने छिट्टै ठिक हुने बताउछिन् । कोरोना संक्रमितलाई अपमान या असहयोग हैन औसला र सहयोग गर्नु पर्छ जसले हामी सबै कोरोना विरुद्धको लडाईमा सफल हुन सक्छौ डा रिनाले भन्नुभयो ।
दोलखा जिल्लामा अहिलेसम्म भीमेश्वर नगरपालिका तथा गौरीशङ्कर, विगु र कालिञ्चोक गाँउपालिकाको ३१ जना कोरोना संक्रमित बनेको र त्यसमा १८ जना ठिक भएर घर फर्किएको तथा १३ जना आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्