तपाईँ सुन्दै हुनुहुन्छः

१ हजार १ सय १२ जना संक्रमणमुक्त, थप १२ जनाको मृत्यु

काठमाडौं । आज काठमाडौँ उपत्यकामा ३ सय ८८ जना सहित थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जना सहित ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४१ हजार ६ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १ हजार १ सय १२ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २३ हजार २ सय ९० पुगेको प्रा.डा जोगेश्वर गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ६ जना पुरुष र ६ महिलाको मृत्यृ भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

संक्रमणबाट चितवनमा ५५ र १८ वषिया महिला, काठमाडौमा ८९ वर्षीया, ललितपुरमा ७० वर्षीया, तनहूमा २० वर्षीया र कपिलवस्तुमा ६० वर्षीया महिला तथा बारामा ९७ वर्षीय पुरुष, चितवनमा ६५ वर्षीय, काठमाडौमा ७० र ७६ वर्षीय, धाधिङमा ४७ वर्षीय र भक्तपुरमा ४० वर्षीय पुरुषको मृत्यु भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १८ हजार १ सय ८ जना रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् ।

यस्तै संक्रमितहरुमध्ये १ सय ४४ जनाको आइसियुमा र १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button