तपाईँ सुन्दै हुनुहुन्छः

आइसीसीले पठायो एक वर्षको तलब

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले राष्ट्रिय क्रिकेट खेलाडीको एक बर्षको तलब पठाएको छ । करिव चार बर्षदेखि तलब नपाएको नेपाल क्रिकेट संघ क्यानका कर्मचारी सहित कीर्तिपुर मैदानमा काम गर्ने कर्मचारी र राष्ट्रिय खेलाडीको तलब पठाएको जानकारी दिएको छ ।

आइसीसीले खेलाडीको एक बर्षको तलब पठाएको भन्ने जानकारी क्यानलाइ गरेको छ । यस्तै ग्राउण्ड स्टाफको पछिल्लो पाँच महिनाको तलब पनि आइसीसीले रिलिज गरेको बताइएको छ । सन् २०१९ मा आइसीसीको सम्झौतामा रहेका २२ जना खेलाडीको तलब क्यानको खातामा पठाएको छ ।

आइसीसीको निर्देशन अनुसार एक साता अगाडी नेपाल क्रिकेट संघ क्यानले आइसीसीको सूचीमा रहेका खेलाडीको हस्ताक्षर गरेर पठाएको थियो । यसका साथै कर्मचारी र ग्राउण्ड स्टाफको तलब पनि माग गरेको थियो । नेपाल क्रिकेट संघ क्यान अस्तित्वमा आएपछि खेलाडीको तलब १० हजार बढाएर पठाउन भनिएको थियो । जसलाई आइसीसीले स्वीकार गरेको थियो ।

२०१९ मा तीन श्रेणीमा रहेका खेलाडी मध्ये ए श्रेणीमा रहेकाले ३५ हजार, बी श्रेणीकाले २५ हजार र सी श्रेणीमा रहेका खेलाडीले १५ हजार पाउने थिए । तर अब खेलाडीहरुले बढेर तलब पाउने भएका छन् । जसमा ए श्रेणीमा रहेकाले ४५ हजार, बी मा रहेकाले ३५ हजार र सी श्रेणीमा रहेकाले २५ हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button