सुनसरीमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरी । सुनसरीमा ५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरी स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार हिजो सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएसँगै सुनसरी जिल्लामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार बेलुका १० जना महिला ४४ जना पुरुष गरी ५४ जना कोरोना सङ्क्रमित थपिएका थिए । आज मङ्गलवार बिहान थपिएका धरानका २ जना १ महिला र १ पुरुष, सहित ५६ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको सुनसरी स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

उनका अनुसार सोमबार साँझ थपिएकाहरूमा इनरुवाका २६ जना, इटहरीका २१ जना, दुहबीका ७ जना, र आज मङ्गलवार बिहान धरानमा थपिएका १ महिला र १ पुरुष सहित ५६ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६२ पुगेको छ भने ३ सय ५० जना निको भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्