तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर १७ वर्षिय युवाको मृत्यु

भैरहवा । रुपन्देही जिल्लामा पोखरीमा डुबेर एक युवाको ज्यान गएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ का अनिद अहमदको छोरा १७ वर्षीय सदाव आलमको सोमबार पानी पोखरीमा डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा सुचना अधिकारी खड्क बहादुर खत्रिले बताए ।

घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले उद्धार गरेका थिए । उनलाई त्यसपछि आफन्तले उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button