तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा बालसुधार तथा पुर्नस्थापना गृहको निर्माण हुने

जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मन्त्रालयले बनाउन लागेको विभिन्न योजनाहरुको निर्माण स्थलको आज निरीक्षण गर्नु भएको छ ।

उहाँले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा निर्माण हुने बाल सुधार गृह, पुर्नस्थापना केन्द्र र शहिद पार्क सहितका योजनाहरुको निर्माण हुने स्थल विन्धिमा आज पुगेर वस्तु स्थितिका बारेमा स्थलगत रुपमा नै जानकारी लिनु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा, योजना कार्यान्वयन स्थल वडा नं. २३ का वडाध्यक्ष सत्रुधन पाण्डे, वडा नं. ७ का वडाध्यक्ष जानकी राम साह सहित मन्त्रालयका कर्मचारीहरु सहित पुगेको टोलीले निर्माण स्थल, निर्माणको औचित्य, सम्भाब्यता र कार्यान्वयन विषयमा जानकारी लिएका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले प्रदेश सरकारको महत्वकांक्षी योजनाका रुपमा रहेकाले निर्माण स्थलगत अवलोकन गरेको जानकारी दिनुभयो ।

उहाँले मन्त्रालयको बहुबर्षिय योजना अन्तर्गत करौडौंको लगानीमा समाजको लागि अति आवयश्क रहेको बाल सुधार गृहका लागि १८ कठ्ठा, सुधार गृह र सेफ हाउसका लागि १५ कठठा छनौट भएको र शहिद पार्कका लागि सम्भावित १३ बिघा जग्गाको अवलोकन गरेकोे जानकारी दिनु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाले अनुमती दिइसकेकाले अव गुठीसंगको अनुमती र सम्झौता पछि औपचारिक रुपमै निर्माणको काम शुरु हुने भएको छ । निरीक्षणमा आन्तरिक मामिला तथा कानूनराज्यमन्त्री सरोज कुमार कुसवाहा पनि सहभागि रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button