तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा खाद्य आदानप्रदान कार्यक्रम सुरु 

मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले सोमबारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा खाद्य आदानप्रदान कार्यक्रम सुरु गरेको छ ।

कोरोना माहामारीका कारण खाद्य समस्याका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवार, कोरोना संक्रमित र उनका परिवारलाई लक्षित गरेर “हुनेले दिएर जाँऔं, नहुनेले लिएर जाँऔं” अभियान सुरु गरिएको हो ।

फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ गर्दै प्रमुख खुलालले बिशेष गरि कोरोनाको प्रभावका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुलाई लक्षित गरेर अभियान सुरु गरिएको बताउनुभयो । खाद्य आदान प्रदान कार्यक्रमको नामबाट सुरू गरिएको उक्त कार्यक्रम “फुड बैंक” का रूपमा विकास गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।

फाउण्डेसन मकवानपुरले २५ हजारको खाद्यान्न र मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष कृष्ण अग्रवाललगायत अन्य सहयोगि दाताहरूको सहयोगमा आजबाट अभियान सुभारम्भ गरेको हो । हेटौंडाको कपुर कमप्लेक्स (अटोल्याण्ड) चोकमा सञ्चालन गरिएको कार्यक्रमलाई विस्तारै अन्य स्थानमा समेत व्यवस्थापन गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले सहयोगी दाताहरुलाई सहयोग गर्न आव्हान समेत गर्नुभएको छ । नागरिक स्तरबाट सहयोग अभियान सुरुवात गरिएकोले सबैलाई सहयोग गर्न उहाँले आव्हान गर्नुभएको छ । सहयोग कार्यक्रम अहिले हरेक दिन बिहान ७ बजे देखि बढीमा दैनिक ५० जनालाइ वितरण गरिने समेत उहाँले जानकारी दिनुभएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघमा अध्यक्ष नारायण देबकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, फाउन्डेसनका सचीव आशाकाजि श्रेष्ठ, सदस्य उत्तम न्यौपाने, भवानी शर्मा, रमिला सापकोटा, कमल बिश्वकर्मा, शिवहरी दाहाल, समाजसेवी दिपेन्द्र चन्द ठकुरी, नरेन्द्र भण्डारी, समिम खान, लगाएतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button