तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती प्रादेशिक अस्पतालमा इमरजेन्सी र प्रसुती सेवा सुरु

तुलसीपुर । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार बेलुकी देखि उपचार सेवा सुरु गरिएको छ ।

अस्पताल विकास समितिको बैठकले आपतकालिन अवस्थामा अस्पतालसम्म आएका बिरामीहरुको उपचार गर्ने उद्देश्यले तत्तकालका लागि भन्दै बेलुकी ५ बजेदेखि इमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने निर्णय गरेको हो ।

अस्पताल विकास समिमितका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा कार्यरत चिकित्स, नर्स तथा सबै स्वास्थ्यकर्मीलाई सुरक्षित रहेर अस्पतालमा आउने नागरिकको उपचारमा खट्न निर्देशन दिएको छ ।

२ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि अस्पतालले भदौ १३ गतेदेखि सबै सेवा बन्द गरेर अस्पताललाई सिल गरेको थियो । ओपीडी सेवा भने निकट भविष्यमै संचालन गर्ने गरि तयारी गरिहेको बैठक पछि अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । इमरजेन्सीमा आएका बिरामीलाई भर्ना गर्नु पर्ने अवस्था आएमा समेत भर्ना गरिने अस्पतालले जनाएको छ ।

अस्पताल सिल गरिएपछि भित्र भर्ना भएका बिरामीको भने उपचार भइरहेको थियो । अस्पताल भित्र रहेका बिरामीको डाइलासिस, अप्रेसन, प्रसुति सेवा नरोकेर उपचार गरिहेको डा. अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button