तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा ३७ कोरोना संक्रमण निको भई डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जमा ३७ जना कोरोना संक्रमण निको भई आज साँझ डिस्चार्ज भएका छन् ।

वीरगञ्जमा सञ्चालित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायीक आईशोलेशन सेन्टर र होम आइसोलेशनमा रहेका संक्रमित मध्ये ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।

३७ जना एकसाथ कोरोना जितेर घर फर्किए सँगै पर्सामा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ ।

आज कोरोना निकोभई घर फर्किनेमा गण्डक अस्पतालबाट ३ जना पुरुष, वीरगञ्ज हेल्थकेयरबाट ८ जना पुरुष ३ जना महिला होटल विजय ज्योति वीरगञ्ज होटल सेमिआइसोलेसनबाट १ जना, पोखरिया नगरपालीकामा होम आइसोलेसनबाट २५ जना रहेका छन् ।

यसैबिच पोखरीया नगरपालीकाका नगरप्रमुख दिपनारायण रौनियार र उनका बुबालाई भने दोस्रो पटकको परिक्षणमा समेत पोजेटिभ देखिएको छ । उनका परिवार र चालक, स्वकीय सचिब लगायत अन्य २२ जना कोरोना मुक्त भएका छन् ।

आज साँझ जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस नोटमा वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जना सहित होम आईसोलेशनमा ९ सय ८४ जना संक्रमित रहेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button