मुलपानी तेक्वान्दो डोजाङलाई २ स्वर्ण
काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा मुलापानीले २ स्वर्ण जितेको हो । त्यसबाहेक मुलपानीले ३ रजत र २ कांस्य पनि हात पार्यो ।
विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाकारी दिनुभयो ।
दुई दिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष खड्काले बताउनुभयो । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोश्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्ने छ ।








प्रतिक्रिया राख्नुहोस्