तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २४ जना डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप २४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको संख्या ७ सय २७ पुगेको छ ।

आज सशस्त्र गुल्म आइसोलेसन सेन्टरबाट १६ जना, होटल सिटी प्यालेस आइसोलेसनबाट ३ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट २ जना, अतिथि होटल आइसोलेसन कोहलपुरबाट २ जना र होटल इन्द्रेणीबाट १ जना निको भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

आज डिष्चार्ज भएका अधिकांश सशस्त्र प्रहरी हुन् । अब आइसोलेसनमा बाँकेका २ सय ५७ र अन्य जिल्लाका १ जना गरी २ सय ५८ जना छन् । बाँकेमा हालसम्म ९ सय ९० जनामा कोरोना पुष्टि हुँदा ६ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button