तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा २ सय ७ जना सक्रिय संक्रमित

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा शुक्रबार रातीसम्म २ सय ७ जना कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

साउनको २२ गतेसम्म २७ जना मात्रै कोरोना संक्रमित रहेको बुटवलमा २० दिनको अवधिमा संक्रमितको संख्या २ सय ५८ पुगेको हो । कुल संक्रमितमध्ये ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ ।

संक्रमितमध्ये १ सय ६९ जना होमआइसोलेसन र ४७ जना अस्पताल तथा आइसोलेसनमा रहेको बुटवलका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

१९ वटा वडा रहेको बुटवलमा वडा नं. ७ र १८ मा संक्रमित शुन्य रहेका छन् । त्यस्तै वडा नं. १९ मा एकजनामा मात्र संक्रमण पुष्टि भएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले समेत सबैभन्दा ठूलो रहेको वडा नं. ११ मा सबैभन्दा बढि ६० जना सक्रिय संक्रमित रहेका छन् । ७७ जना कुल संक्रमितमध्ये १७ जना संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button