‘अनलाइन प्रयोगकर्ताको संख्या ३ लाख नजिक’
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पन्ध्र दिनमा ७ हजार ४६० अनलाईन प्रयोगकर्ता बढेको र प्रयोगकर्ताको संख्या करिव ३ लाख नजिक पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
नेप्सेले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो १५ दिनमा अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ७ हजार ४६० जनाले बढेको हो ।
साउन १९ गतेसम्म ५७ हजार १५७ जना अनलाइन प्रयोगकर्ता रहेकोमा भदौ ११ गतेसम्ममा ७ हजार ४६० जना अर्थात १३.०५ प्रतिशतले बढेर ६४ हजार ६१६ पुगेका छन् । विभिन्न ब्रोकर कम्पनीहरुबाट अनलाइन शेयर किनबेचका लागि युजर नेम र पासवर्ड लिनेको संख्या बढेको नेपाल स्टक स्क्सचेन्जले जनाएको छ ।
पछिल्लो पटक सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन तथा निषेधाज्ञा लागू गरेपछि अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । पछिल्लो १५ दिनमा मात्रै अनलाइन प्रयोगकर्ताको संख्या १३ .०५ प्रतिशतले बढेको हो ।
दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुको संख्या पनि करिब ३ लाख नजिक पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सक्रिय लगानीकर्ताहरुको संख्या २ लाख ८७ हजार ८५४ पुगेका छन ्। त्यसमध्ये ६४ हजार ६१६ जना अनलाईन प्रयोगकर्ता छन ।








प्रतिक्रिया राख्नुहोस्