तपाईँ सुन्दै हुनुहुन्छः

ब्याडमिन्टन संघद्वारा ३१ खेलाडीको कोरोना बीमा

काठमाडौं । नेपालमा कोरोनाको महामारी झन झन बढिरहेका बेला विभिन्न संघहरुले आफ्ना खेलाडीको कारोना बीमा गर्ने क्रम जारी राखेका छन ।

पछिल्लो पटक नेपाल ब्याडमिन्टन संघले आफ्ना ३१ खेलाडीको कोरोना बीमा गरेको छ । संघले खेलाडीसहित संघका पदाधिकारी तथा अम्पायरको पनि बीमा गरेको हो । संघले सबैको एक एक लाखको बीमा गरेको जनाएको छ ।

पल्लिो पटक नेपाल बक्सिङ संघ, भलिबल संघ, क्रिकेट संघ र फुटबल संघले खेलाडीको कोरोना बीमा गरेका छन । कोरोनाका कारण लकडाउन भएपछि लामो समय प्रशिक्षण अबरुद्ध भएको ब्याडमिन्टन संघले बीचमा सीमित खेलाडीलाई समावेश गरेर प्रशिक्षण सुरु गरेको थियो ।

तर, पछिल्लो पटक सरकारले नै निषेधाज्ञा लगाएपछि र प्रशिक्षणका माहोल राम्रो नभएपछि त्यो कार्यक्रम स्थगित गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button