तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा शुक्रबार ७४ कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ४१, मोरङमा १४, झापामा १४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ । प्रदेश १ मा आज थप ३ जनाको मृत्यु भएको छ । झापाको कमलका १ पुरुष, मोरङको बेलबारीकी १ महिला र सिरहाको लहानकी एक महिलाको आज मृत्यु भएको हो ।

प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेका छन् ।

प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button