कौडा खेलिरहेको अवस्थामा रिसोर्टबाट ९ जना पक्राउ

तनहुँ । तनहुँको व्यास ११ को बेलटारीमा कौडा खेली रहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले केही रकमसहित ९ जनालाई बुधबार राती करिब ११ बजेको समयमा पक्राउ गरेको हो । बेलटारीमा रहेको घासिकुवा रिसोर्टमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले कौडा खेलाउने रिसोर्ट संचालक सहित ९ जना लाई पक्राउ गरी जुवा सम्बन्धि कसुरमा ७ दिन म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।
१६ थान कौडा र रकम भने सानो मात्रामा भेटिएको डीएसपी तिमल्सेनाले बताउनुभयो ।
जिल्लाका जुनसुकै स्थानबाट जुवा सम्बन्धि सुचना दिए पक्राउ गरी कारबाही गर्ने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्