चेल्सीका चार खेलाडीमा कोरोना भाईरसको संक्रमण

काठमाडौँ । इंग्लिस क्लब चेल्सीका चार खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
प्रि–सिजन तयारी अघि गरिएको परीक्षणमा चार खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । चेल्सीले आफ्ना खेलाडीलाई कोरोना देखिएको र आईसोलेसनमा पठाइएको पुष्टि गरेको छ ।
चेल्सीले कोरोना पोजेटिभ देखिएका खेलाडीको नाम सार्वजनिक गरेको छैन । चेल्सीले नयाँ सिजनको पहिलो खेल सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ । प्रिमियर लिगको नयाँ सिजन भने सेप्टेम्बर १२ बाट सुरु हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्