बाँकेमा एकै दिन ६७ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँकेमा आज एकै दिन ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोहलपुर नगरपालिकाका ५१ जना, नेपालगन्ज उपमहानगरपालिकाका १५ जना र बैजनाथ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
यो सँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ११ पुगेको छ । यी मध्ये हालसम्म ६ सय ६० जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्