तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

झापा । झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दमकका औषधी व्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको नगरपालिका स्रोतले बताएको छ ।

उनीहरूको एक साता अघि स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको थियो । आज संक्रमण देखिएका मध्ये दुहिजना औषधी व्यवसायी हुन् ।

सङ्क्रमितहरू केही नगरपालिकाको क्वारेनटाइनमा रहे पनि अधिकांश भने होम क्वारेन्टाईनमा छन् ।

अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मिक बैठक बसिरहेको छ । बैठकमा सङ्क्रमितहरूको बसोबास क्षेत्रलाई सिल गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button