क्यानद्वारा सिनियर राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा
काठमाडौं । क्यानले सिनियर राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरेको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै १८ महिला खेलाडीको कोरोना बीमा गरिएको जनाएको हो । ‘नेपाल क्रिकेट संघले दोस्रो चरणमा १८ सिनियर राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बीमा गरिएको खेलाडीको नामावली भने क्यानले सार्वजनिक गरेको छैन । क्यानले यस अघि पुरुषका २३ खेलाडीसहित ग्राउण्ड स्टाफ र क्यान अफिसका कर्मचारीसहित ५१ जनाको कोरोना बीमा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्