बाँकेमा थप २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भए
नेपालगञ्ज । बाँकेमा आज थप २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । नेपालगञ्जको होटल सिटी प्यालेस आइसोलेसनबाट २१ जना र खुल्ला कारागार आइसोलेसन गनापुरबाट ५ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेका कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ६ सय ५४ पुगेको छ । अब आइसोलेसनमा बाँकेका १ सय ७७ र अन्य जिल्लाका १ जना गरी १ सय ७८ जना छन् । हालसम्म ८ सय ३५ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्