बाँकेमा दुई बरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।
बरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण भएपछि उहाँहरु आइसोलेसनमा बस्नुभएको छ । दुवै जनाले सार्वजनिकरुपमै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो । यी दुबै चिकित्सकसहित भेरीमा सोमवार अन्य दुई जना कर्मचारीमा कोरोना देखिएको थियो ।
भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जनाले बाँकेमा कोरोना बिरुद्धको अभियानमा रणनीति बनाउन महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्