तपाईँ सुन्दै हुनुहुन्छः

 ‘‘फ्रन्ट लाइन’ मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताउनुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत नयाँ बानेश्वरस्थित स्वास्थ्यकर्मीको निवासमा भएको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको भन्नुुहुुँदै अहिले स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button