तपाईँ सुन्दै हुनुहुन्छः

आईपीएल सेप्टेम्बरबाट सुरु हुँदै

काठमाडौं । भारतीय फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बरबाट सुरु हुँदैछ ।

कोरोना भाईरसको महामारीको कारण भारतमा आयोजना सम्भव नभएपछी प्रतियोगिता दुबईमा आयोजना हुँदैछ । १३ औं संस्करणको आईपीएलमा सहभागिता जनाउन फ्रेन्चाइज टिमहरु दुबई पुग्ने क्रम जारी छ । दुबई पुगेपछि टिमले कम्तीमा ६ दिनको क्वारेन्टिन बस्नु पर्नेछ ।

यद्दपी सेप्टेम्बर १९ बाट सुरु हुने प्रतियोगिताको खेल तालिका भने अझै सार्वजनिक भएको छैन । मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले समेत प्रतियोगिताको खेल तालिका सार्वजनिक नभएको भन्दै चासो देखाएका छन् ।

शर्माले सामाजिक सञ्जालमा महेन्द्र सिंह धोनीको सन्यासलाई बधाई दिदै सेप्टेम्बर १९ को टसमा भेट्ने बाचा समेत गरेका छन् ।

आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि उद्घाटन खेलमा साविकको विजेता मुम्बईले उपविजेता धोनीको टिम चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

आयोजकले आईपीएलको तालिका यसै साता सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button