तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा प्लाज्माथेरापी विधिबाट उपचार शुरू  

रुपन्देही । कोरोना संक्रमितको लागि रुपन्देहीमा प्लाज्मा थेरापी विधिबाट उपचार सुरू भएको छ ।

बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

डा. खनालका अनुसार कोरोना संक्रमित भई निको भएका व्यक्तिकोे रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिन्छ ।

जसले गर्दा बिरामीले रोगलाई परास्त गर्न सजिलो हुन्छ । प्लाज्मा थेरापीका लागि लुम्बिनी प्रादेशिक अस्तालका चिकित्सकले रगत दिएर यो अभियानको शुरुवात गरेका छन् ।

अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले प्लाज्मा थेरापीले संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताउनुभयो । थापाका अनुसार सोमबार कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्मा थेरापी गरिएको हो ।

अंग प्रत्यारोपण गरी औषधि खाइरहेका, क्यान्सर, दमलगायत रोगका विरामीसँग रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ ।

अहिले यो अस्पतालमा १६ जना संक्रमित आइसीयूमा र २३ जना आइसोलेसनमा उपचारत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button