तपाईँ सुन्दै हुनुहुन्छः

जमैका तलावाजको लगातार दोश्रो हार

काठमाडौं । जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो हार बेहोर्ने क्रममा गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको छ ।

नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले जित हासिल गर्न सकेन । गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रनमात्र जोड्न सक्यो ।

टोलीले ब्याटिङमा निकै खराब सुरुवात गरेपछि जितको आधार तय हुन सकेन । ११ औं ओभरमा आएका सन्दीपले दुई विकेट हात पारे पनि जितको लक्ष्य भेटाउन सकेन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button