तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम तथा ग्याँस जोइन्ट वर्किङ ग्रुपको बैठक सम्पन्न

काठमाडौं । नेपाल भारत पेट्रोलियम तथा ग्याँस जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक हालै सम्पन्न भएको छ ।

दुबै देशका वाणिज्य मन्त्रालयका सहसचिव स्तरमा रहेको दुई पक्षीय संयन्त्रको दोसो बैठकमा पेट्रोलियम पाइपलाइन परियोजना विस्तार यस क्षेत्रमा रहेको भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरु लगायतका विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको लागि आवश्यक जग्गाको उपलब्धता र त्यसको डिपिआर निर्माणका विषयमा बैठकको क्रममा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव पे्रमकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

त्यसै गरी भारतको सिलगुढीदेखि नेपालको झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतबाट नेपालको रुपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीका बारेमा पनि बैठक केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button