तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा थप २ संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल १ निवासी ६७ वर्षीया महिला भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।

उनी मृगौला र उच्चरक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ । उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए ।

उनमा स्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरु दुवैजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button